कोरोना संक्रमण

ओलीलाई कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं, २० असोज । झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई सङ्क्रमण पुष्टि भएको हो । उनकी पत्नी लीला ओली र छोरा अनिल ओलीलाई समेत कोरोना पोजेटिभ देखिएको छ ।

मेयर ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए । नगरप्रमुखसहित एक वडाध्यक्षलाई सङ्क्रमण पुष्टि भएपछि नगरपालिका आजदेखि ४ दिनका लागि बन्द गरिएको छ ।

यो पनि पढ्नुहोस् :-

मध्यपुर नगरपालिका थिमीकी १ सय १ वर्षीया गणेशमाया प्रजापति कोरोना संक्रमणबाट मुक्त भएसँगै नगरमा खुसी छाएको छ। बाल्यकालमा बिफरसँग लडेकी गणेशमायाले एक सय एक वर्षको उमेरमा कोरोनासँग पनि जुध्नुपर्‍यो तर उनी संक्रमणमुक्त भएकी छन्। नातिमा संक्रमण देखापरेपछि परिवारका सबैले असोज २ गते परीक्षण गराउँदा गणेशमायासहित उनका छोरा इन्द्रबहादुर र छोरी पूर्णमायामा संक्रमण भेटिएको थियो।

चौध दिन घरमै सुरक्षित ढंगले बसेपछि असोज १६ मा परीक्षण गराउँदा गणेशमाया, इन्द्रबहादुर र नाति सहज संक्रमणमुक्त देखिएका छन् भने पूर्णमाया निको हुने क्रममा छिन्। ‘आमा निको भएपछि दिदीको पनि मनोबल बढेको छ,’ वडानम्बर ६ को अध्यक्षसमेत रहेका इन्द्रवहादुर प्रजापतिले भने, ‘वडामा पनि सबै खुसी भएका छन्।’

होम आइसोलेसनका क्रममा गणेशमायाले माछामासु, गेडागुडी र मुगीको रस प्रशस्त मात्रामा खाएको बताइन्। ‘कोरोना लागेको खबर सुनेपछि पहिलो दिन केही डर लाग्यो,’ उनले सुनाइन्, ‘त्यसपछि डर हट्दै गयो।’

लामो जीवनकालमा थुप्रै संघर्ष गरेकी उनले नआत्तिए सबै रोग जित्न सकिने बताइन्। १९९० र २०७२ सालको भूकम्पको कहर समेत भोगेकी गणेशमायाले दुख आएपनि हरेस नखाएको सुनाइन्। १४ दिनको बीचमा एक दिन छाती केही दुखे पनि अन्य दिन खासै समस्या नआएको उनको अनुभव छ। ‘कसैले नि डराउनुपर्दैन,’ उनले भनिन्, ‘खानेकुरा मिलाएर खायो र सुरक्षितसँग बस्यो भने घरमै पनि निको हुन्छ।’ यो समाचार आजको नागरिक दैनिकमा उपेन्द्र लामिछानेले लेखेका छन् ।

सम्बन्धित समाचार :-

यातायात व्यवसायीले कोभिड १९ महामारीका बेला सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७ पूर्ण रूपमा पालना नगर्दा संक्रमणको जोखिम बढेको भन्दै सरकारले निर्देशिका कार्यान्वयनमा कडाइ गर्ने भएको छ।मुलुकमा दैनिक दुई हजारभन्दा बढी संक्रमित देखिन थालेसँगै सरकार कडाइका साथ निर्देशिका लागू गर्न कस्सिएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना संक्रमण ह्वात्तै बढेसँगै सात सय ५३ वटै स्थानीय तहलाई यातायात व्यवसायीले निर्देशिका पालना गरे, नगरेको विषयमा समिति गठन गरेर अनुगमन गर्न निर्देशन दिएको छ। मन्त्रालयले आइतबार मुलुकभरका सबै स्थानीय तहलाई सार्वजनिक यातायात सञ्चालन तथा कार्यान्वयन निर्देशिका तथा अनुमगन सम्बन्धी पत्र र कोभिड १९ प्रकोप अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका २०७७ कार्यान्वयन गराउन निर्देशन दिएको हो।

स्थानीय तहमा गठित अनुगमन समितिले निर्देशिका विपरीत सार्वजनिक यातायात सञ्चालन गरेको पाइए कारवाही गर्न सक्नेछन्। यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *