प'क्राउ

महिलालाई बन्धक बनाई ह’त्या गरेर फरार रहेका माझी पक्राउ

काठमाडौँ, २० असोज । महानगरीय अ’पराध महाशाखाले महिलालाई बन्धक बनाई ह’त्या गरेर फरार रहेका सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–११ बडेगाउँका ३५ वर्षीय विनय श्रेष्ठ भन्ने विनय माझीलाई पक्राउ गरेको छ । महाशाखाकाका अनुसार विनयले २०७६ जेठ ५ गते सिन्धुपाल्चोक कर्थली–३ की ३६ वर्षीय पम्फा श्रेष्ठलाई आफू बस्दै आएको कोठामा बन्धक बनाई ह’त्या गरेको खुलेको छ ।

ह’त्या लगत्तै श्रेष्ठ फरार थिए । विनयलाई मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्ती गौरीटोलबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको जनाइएको छ । विनयले सोमबहादुर राईको नामबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नागरिकता समेत लिएको खुलेको छ । अ’पराधबाट बच्नको लागि विनयले मकवानपुरबाट नागरिकता लिएको हुनसक्ने आशं’का गरिएको छ । यद्यपी विनयले कसरी, कहाँबाट सोम बहादुर राईको नाममा नागरिकता लिए खुल्न सकेको छैन ।

प्रहरी अनुस’न्धानको क्रममा विनयले पम्फालाई २०७६ वैशाख ३० गतेदेखि जब’र्जस्ती बन्धक बनाई जेठ ५ गते ह’त्या गरेका थिए । ह’त्या पश्चात कोठा बाहिरबाट ताल्चा लगाएर विनय फरार भएको बताइएको छ ।

कागेश्वरी नगरपालिका– गोठाटारस्थित रमेश श्रेष्ठको अस्थायी टहरामा बस्ने विनयको कोठामा लगाइएको ताल्चा फोडी हेर्दा पम्फा मृत अवस्थामा खाटमा फेला परेकी थिइन् । पम्फा काठमाडौँ जोरपाटीस्थित नयाँबस्तीमा भाडामा बस्थिन् । सोही ठाउँमा पम्फाले सडक फुटपाथमा तरकारी बेच्थिन् । सोही क्रममा उनीहरुको चिनजान भएको प्रारम्भिक अनुस’न्धानबाट खुलेको छ ।

चिनजानकै क्रममा नजिक भएका विनयले पम्फाको ह’त्या गरे । विनयमाथि कानुनी कार’बाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । थप अनुस’न्धानको लागि विनयलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्