बागलुङ, २२ असोज । विद्यालय हिँडेकी बालिका अ’पह’रण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । काठेखोला गाउँपालिका–६ की एक बालिकालाई गत मङ्गलबार जब’र्जस्ती मोटरसाइकलमा राखी अ’पह’रण गरेको आ’रोपमा सोही ठाउँका दुई युवा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा १९ वर्षीय प्रेम परियार र २४ वर्षीय सुन्दर बिक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनिहरुलाई बुधबार साँझ पक्राउ गरिएको छ । स्थानीय एक विद्यालयमा वैकल्पिक शिकाईका लागि हिँड्दै गरेकी बालिकालाई जङ्गल छेउमा सडकबाट उठाएर मोटरसाइकलमा राखेको देखेपछि स्थानीयले उद्धार गरेका थिए ।
दुवैलाई अ’पह’रण तथा श’रीर ब’न्धक मु’द्दामा अनु’सन्धान गर्न जिल्ला अदा’लत बागलुङले ७ दिनको म्याद थप गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । अ’पहर’णमा परेकी बालिका हाल परिवारको साथमा छिन् ।