महाशिला म्युजिकको प्रस्तुतिमा नयाँ दशैं तिहार गित ‘भइयो मुग्लानी’ सार्वजानिक भएको छ । क्षितिज सुनार र शान्ती परीयारको आवाजमा रहेको गितमा सागर रेग्मीको शब्द र सुरेश रमण अधिकारीको लय सिर्जना रहेको छ ।
दिवान किनारको संगीत संयोजनमा तयार पारीएको गीतको अडियो मालश्री रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो । अडियोको मास्टरिङ्ग भने खडक बाजुरालीले गरेका हुन । दशैँमा प्रदेशी घर फर्किन नपाएका कुरा गीतमा समेटिएका छन ।
लोकप्रिय गायिका टिका सानुको अभिनय रहेको गितको म्युजिक भिडियोमा बाबुराम गदाल, बिमला ढकाल, अनन्त लयागतको अभिनय रहेको छ । दिपक गिरीको छायाकंन रहेको भिडियोलाई निशान एस.के.ले सम्पादन र निर्देशन गरेका छन ।
गीतको पुरै भिडियो हेर्नका लागी यहाँ क्लिक गर्नुहोस् :-