कु'टपि'ट

जग्गा खोज्दै गएका दुईजनाले कु’ट्दा स्थानीय व्यापारीको मृत्यु

काठमाडौं, २२ असोज । भक्तपुरको चाँगुनारायणमा जग्गा खोज्दै गएका दुईजनाले कु’ट्दा स्थानीय व्यापारीको मृत्यु भएको छ । कु’टपि’टबाट चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र लामा वाईवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधवार मध्यान्ह चन्द्रको पसलमा आएका दुईजनाले वियर खाएपछि जग्गा हेर्ने कुरा गरेका थिए । चन्द्र जग्गाको काम पनि गर्थे । पसलमा आएका ग्राहकले ‘जग्गा हेरौं’ भनेपछि उनी जग्गा देखाउन हिँडे । घरबाट करिब ५ सय मिटर माथि ईट्टभाट्टामा पुगेपछि जग्गा खोज्नेले अचानक उनलाई नै आक्रमण गरे ।

निर्घात कु’टेर बेहोस बनाएपछि चन्द्रले हातमा लगाएको दुइतोला सुनको ब्रासलेट र दुईवटा मोवाइल लिएर उनीहरु भागे । उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा बिहीबार बिहान चन्द्रको मृत्यु भएको हो । ह’त्यामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्