मृत्यु

प्रतापको रहस्यमय मृत्युका विषयमा अनुसन्धान शुरु

म्याग्दी, २३ असोज । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगका २५ वर्षीय प्रताप सिंजालीको रहस्यमय मृत्युका विषयमा प्रहरीले अ’नुस’न्धान थालेको छ । यही असोज ६ गते साथीसँग भगवतीको पर्यटकीय स्थल रुइसे घुम्न जाँदा घाइते र बेहोस भएका सिंजालीको १६ गते राति पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

घटना स्थलको निरीक्षण, उनीसँगै गएका र घटना स्थलमा भएकासँग सोधपुछ, चिकित्सकको रिपोर्टलाई आधार बनाएर अ’नुस’न्धान शुरु गरेको म्याग्दीका प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए ।

“अस्पतालको रिपोर्टका आधार शरीरमा कसरी चो’ट लाग्यो भने अ’नुस’न्धान अघि बढाउन भिसेरा परीक्षण गर्न पठाएका छौँ”, उनले भने, “दुर्घटना भएर लडेर अथवा कुटपिट के कारणले शरीरमा चो’ट लाग्यो भन्ने विषयमा घटना स्थलमा भएकाहरुसँग सोधपुछ गरिएको छ ।”

बिहीबार सहित तेस्रो पटक प्रहरी टोली घटना स्थल रुप्से पुगेको छ । प्रहरी नायब उपरीक्षक कुँवर आफै घटना स्थल पुगेका छन । अस्पतालका अनुसार सिंजालीको दायाँ र बायाँका दुई–दुई वटा करङ भाचिएको, शरीरमा निलडाम भएको, फोक्सोमा पानी जमेको र टाउकोमा गहिरो चो’ट लागेको थियो ।

बेहोस अवस्थामा उनलाई असोज ७ गते बेगखोला स्वास्थ्यचौकी, बेनी अस्पताल हुँदै पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो । प्रतापसँगै भएका तीन जना, रुइसेमा भनाभन भएका मल्लाजका युवा र रुइसेका रेष्टुरेन्ट सञ्चालकदेखि त्यस दिन त्यहाँ भएका सबै अ’नुस’न्धानमा तानिएका छन् ।

प्रताप लकडाउन हुनुभन्दा केही समय अघि विदेशबाट छुट्टीमा गाउँमा आएका थिए । घरमा उनका बुवाआमा, भाइ र बहिनी छन् । सामान्य आर्थिक हैसियत भएका सिंजाली परिवार प्रतापको आम्दानीमा निर्भर थिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *