पिएम नरेन्द्रमोदी

‘पिएम नरेन्द्रमोदी’ फेरि रिलिज हुँदै

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित फिल्म ‘पिएम नरेन्द्रमोदी’ फेरि रिलिज हुँदैछ । लकडाउनपछि १५ अक्टुबरदेखि भारतका सिनेमा घरहरु खुल्दैछन् र त्यहाँ रिलिज हुने यो पहिलो फिल्म हुनेछ । यो फिल्म अघिल्लो वर्ष मेइमा रिलिज भएको थियो । यसमा विवके ओबराय मोदीको भूमिकामा छन् । फिल्म समीक्षक एवं फिल्म व्यापार विश्लेषक तरण आदर्शले शनिबार सामाजिक सञ्जालमार्फत फिल्म दोस्रो पटक रिलिज हुने समाचारको पुष्टि गरेका छन् ।

उनले ट्वीट गरेका छन्, ‘पिएम नरेन्द्र मोदी आगामी साता सिनेमा घरहरुमा फेरि रिलिज हुनेछ ।’ फिल्मको आधिकारित पोस्टरमा फेरि फिल्म रिलिज गरिने उल्लेख छ । आदर्शले शेयर गरेको नयाँ पोस्टरमा विवेक ओबराय ठ्याक्कै मोदी जस्तै देखिएका छन् । फिल्ममा बोमन ईरानी, मनोज जोशी, बरखा विष्ट, प्रशान्त नारायण र जरिना वहावको पनि अभिनय छ ।

सन्दिप सिंह, सुरेश ओबराय र आनन्द पण्डितद्वारा निर्मित यस फिल्ममा मोदीको राजनीतिक यात्रा देखाइएको छ । यस बायोपिकको निर्देशन ओमंग कुमारले गरेका हु्न् । अघिल्लो वर्ष लोकसभा चुनावअघि यो फिल्म रिलिज गरिने तय थियो, तर आचार संहिताका कारण फिल्म प्रदर्शनमा रोक लगाइयो । यसपछि यो फिल्मले २४ मेईमा रिलिज भयो । तर बक्स अफिसमा राम्रो व्यापार गरेन । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्