आफ्ना छोराछोरी घर-परिवार अनि अपांग श्रीमान छोडेर विदेश बस्नु पर्ने बाध्यता अनि उ बेलामा गाउमा भिएचएफ फोन मार्फत आधा घण्टा आफ्ना परिवार संग दुई शब्द बोल्न न पाउँदै उता साहु आएर बोल्न दिदैन यता छोराछोरीहरु आमाको मायाबाट बन्चित । यस्तै साहुको ऋण गरिबीको कथाब्यथा समेटेर तयार पारिएको गीत ‘आमा परदेशी’ले सबैको मन रुवाएको छ ।
तारानाथ आचार्यको शब्द, लय सिर्जना तथा संगीत संयोजनमा तयार पारीएको आमा प्रदेशी गीतमा समिर रामदाम र माया गुरुङको आवाज पाउन सकिन्छ । सूर्य ढकालले रेकर्ड गरेको गीतलाई डिजिटल स्टार रेकर्डिङ प्रा.लि.मा रेकर्ड गरिएको छ ।
समिर रामदाम आँफैले छायांकन, सम्पादन, निर्देशन एवं परिकल्पना गरेको गीतको भिडियोमा सरिता दानाकुटी, अमृत रामदाम, शोभाव खत्री र सुरेन्द्र खत्रीको उत्कृष्ट अभिनय देख्न सकिन्छ । डिजिटल स्टारको युत्युब मार्फत सार्बजनिक भएको यस गीतको भिडियोमा रंग संयोजनको जिम्मा सुबाश अंगाईले पुरा गरेका छन ।
गीतको पुरै भिडियो हेर्नुहोस् :-