corona test

नेपालमा कोरोना भाइरस : ५२ जिल्ला रेड जोनमा

काठमाडौं, २६ असोज । नेपालमा कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको छ । इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार ५२ जिल्ला रेड जोनमा छन् । काठमाडौँमा सबैभनदा बढी संक्रमित छन् ।

२ सयभन्दा बढी संक्रमित भएका जिल्लालाई रेड जोनमा राखिएको छ । महाशाखा प्रमुख डा. वासुदेव पाण्डेका अनुसार पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लालाई प्राथमिकता दिएर योजना बनाइएको छ । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योजना बनाएको छ,’ डा. पान्डे भन्छन्, ‘विस्तृत जानकारी मन्त्रालयसँगै छ ।’

देशभर सक्रिय संक्रमितको संख्या नै ३१ हजार ३ सय १५ पुगेको छ । आइतबार मात्र २ हजार ७१ जना संक्रमित थपिएका छन् । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्