वडा अध्यक्षको मोटरसाइकल सहित दुईजना पक्राउ

रौतहट, २६ असोज । रौतहटको कटहरिया नगरपालिकाका एकजना वडा अध्यक्षको मोटरसाइकल सहित दुईजना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय गरुडा र ईलाका प्रहरी कार्यालय कटहरियाको संयुक्त प्रयासमा तीनदिन अघि चो’री भएएको मोटरसाइकल सहित उनीहरु पक्राउ परेका हुन् ।

कटहरिया ४ का वडा अध्यक्ष तथा नगर प्रवक्ता चन्दन कुश्वाहाको गत २३ गते चो’री भएको प्रदेश ०३–००२–प ०१५५ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कटहरिया–३ बडेरवा गाउँका वीरेन्द्र साह सोनारको छोरा १८ का जलन्धर साह सोनार र गरुडा नगरपालिका–५ गरुडा गाउँका जुगल साह कानुको छोरा २० का सन्तोष साह कानु रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

उनीहरु माथि चो’री सम्बन्धि मु’द्दा दर्ता गरि थप अ’नुस’न्धानको लागि जिल्ला अदा’लत गौरबाट ६ दिनको म्याद थमाएको छ । विशेष सूचनाको आधारमा चो’रीका आ’रोपी पक्राउ परेपछि उनकै बयानको आधारमा सर्लाहीबाट मोटरसाइकल बरा’मद भएको प्रहरी स्रोतले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्