मह

गोंगबु बसपार्कको होटलमा महानगरको छापा, नक्कली मह बनाउने १२ जना पक्राउ

काठमाडौं, २६ असोज। काठमाडौं महानगरपालिका र महानगरीय प्रहरी प्रभाग गोंगबुले नयाँ नयाँ बसपार्कस्थित एक होटलमा छापा मारी नक्कली मह बनाउने गिरोहलाई समातेको छ।

सोमबार बिहान महानगरपालिको बजार अनुगमन टोलीले बसपार्कस्थित होटल रेड डाइमण्ड पर्वतको तीनवटा कोठामा चिनी पानी पकाएको खुदोलाई मह भनी राखिएको अवस्थामा भेटाएको हो। महानगरपालिकाका अनुसन्धान अधिकृत र प्रहरीले होटल मालिकलाई सोधपुछ गरिरहेका छन् भने १२ जनालाई नियन्त्रणमा लिएको छ।

अनुगमन टोलीमा रहेका उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाका अनुसार चिनी पानी (खुदो) लाई मह भनी बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। अहिले अनुसन्धान चलिरहेकाले विस्तृत विवरण भने आउन बाँकी रहेको तिमल्सिनाले बताए।

पक्राउ
पक्राउ

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्