एउटै गीतको भिडियोमा देखिये यती धेरै कलाकारहरु (भिडियो सहित)

झ्यालमा पर्दा छ

नेपाली लोक गीतले आजभोलि सबैको मन जितेको कुरा त सर्बबिधित नै छ । पछील्लो समयमा कलाकारहरुले रेकर्ड गरेर सार्वजनिक गर्ने गीतमा पनि केही परिवर्तन भएको पाउन सकिन्छ । केही समय अगडी बियोगान्त गीतले बजार तताइरहेको अवस्थामा प्रकाश सपुतको गलबन्दी गीतले लोक साँगीतिक बजारमा क्रान्ति ल्यायो भन्दा फरक नपर्ला । त्यसपछी पनि केही गीतहरुले प्रत्यक्ष दोहोरीको झल्को मेटाए । जसमध्य चिया छनेको, डली गोबन लगायतका गीतहरु प्रत्यक्ष दोहोरीको शैलीमा बजार आए र चर्चा पनि कमाए ।

सुन्दा पनि रमाइलो हुने र मौलिकता पनि बोल्ने हुँदा कलाकारको यो शैलीको गीतमा आकर्षण बढेको पाउन सकिन्छ । यसैबिच सोमबार बिहानको शुभ साइत छोपेर खेम सेन्चुरीको युट्युब च्यानल मार्फत झ्यालमा पर्दा छ सार्वजनिक भएको छ । गीतमा मौलिक रोधी बस्ने परम्परालाई झल्काउन खोजिएको छ । अग्रज देखी अनुज कलाकारहरुको जमघटले गीतको भिडियो अझ उत्कृष्ट बनेको महसुस गर्न सकिन्छ ।

गीतमा खेम सेन्चुरी र सुमन थापा मगरको सुमधुर आवाजमा रहेको गीतको शब्द सिर्जना नेत्र अर्यालको रहेको छ भने लय सिर्जना खेम आँफैले गरेका छन । गीतमा संगीत संयोजन भने बिनोद बाजुरालीले गरेका छन । मालश्री स्टुडियो काठमाडौंमा रेकर्ड भएको गीतको अडियो मास्टरिङ्ग खडक बाजुरालीले गरेका हुन भने रेकर्ड बिमल छिनाल, राजेन्द्र बाजुराली, समित परीयारले गरेका हुन ।

गीतको भिडियोमा थुप्रै चर्चित अनुहारहरु पनि देख्न सकिन्छ । भिडियोमा पृथ्वी थकाली, शर्मिल गुरुङ, चन्द्र शर्मा, बद्री पङ्गेनी, बिनोद बाजुराली, ॠषि धमला, कुलेन्द्र विश्वकर्मा, बसन्त थापा, शंकर बिसी, महेन्द्र गौतम, दुर्गेश थापा, अन्जली अधिकारी, धुर्ब हिमाली, रुबिना अधिकारी, मैना रेश्मी मगर, नरेश खाती, शम्भु कुवंर, बिनोद भण्डारी, भूमिका गिरी, सम्झना भण्डारी, बाल्चन्द्र बराल, श्याम राना, डिला बिक, अर्जुन खड्का, जानुका तमाङ, इश्वर सिंह, रविन लामिछाने, बिमल परीयार, अमृत सापकोटा, देवी आले, बिक्रम परीयार, जुना गुरुङ, प्रमिला तमाङ, अमृता लामिछाने, सिर्जना रेश्मी मगर, मानसिङ खड्का, अनुजा पुडासैनि, अयुशा गौतम, इश्वर बाबु बिक, अनिश दवाडी, कमल सरगम, गोपी कृष्ण चापागाईँ, अनिल गुरुङ, गोमा परीयर, शोभा बिसी, मधु आचार्य, अनु अर्पण लगायतलाई देख्न सकिन्छ ।

प्रकाश भट्टले निर्देशन गरेको गीतको भिडियो छायांकन नवराज उप्रेती, रबिन्द्र न्यौपाने र बिबेक थापाले गरेका हुन भने गीतको भिडियो सम्पादन बिष्णु शर्माले गरेका हुन ।

गीतको पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :-

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्