परीक्षण

नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार ५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं, २७ असोज। नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार ५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३६ हजार नजिक पुगेको छ। मंगलबार थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए।

उनका अनुसार हाल संस्थागत आइसोलशेनमा १५ हजार ४८ र होम हाइसोलेशनमा २० हजार ८६७ जना रहेका छन्। यस्तै पछिल्लो २४ घण्टामा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण भएको छ भने २४ घण्टामा कोरोना निको हुनेको संख्या १ हजार ५०३ रहेको छ। यस्तै हालसम्म निको हुनेको कुल संख्या ७८ हजार ७८० पुगेको गौतमले बताए ।

यस्तै कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ भने हालसम्म मृतकको कुल संख्या ६६३ पुगेको छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्