काठमाडौं, २७ असोज । नेपालको लगभग सबै ठाउहरुमा कोरोना संक्रमण फैलिसकेको छ। तर नेपालका ७७ वटा जिल्ला मध्ये हाल एउटा जिल्लामा मात्रै कोरोना संक्रमितको संख्या शून्य रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका अनुसार, हाल मनाङमा मात्रै कोरोना संक्रमित छैनन् । सोमबार मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफ्रिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले मनाङ मात्रै संक्रमणमुक्त रहेको जानकारी दिए ।
डा. गौतमका अनुसार नौ वटा जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् । मोरङ, सुनसरी, मकवानपुर, ललितपुर, काठमाडौं, चितवन, भक्तपुर र रुपन्देही पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन् ।
डा. गौतमका अनुसार नौ वटा जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् । मोरङ, सुनसरी, मकवानपुर, ललितपुर, काठमाडौं, चितवन, भक्तपुर र रुपन्देही पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन् ।