भारतीय योगगुरु बाबा रामदेव योगलाई विश्वव्यापी गराउनमा प्रख्यात छन । एउटा मिशनकै रुपमा भारतीय र विश्वको अरु भागका मानिसलाई योग सिकाउने बाबा रामदेव कतिपय अरु हर्कतबाट पनि चर्चामा आइरहन्छन ।
योगका माध्यमबाट मानिसको स्वास्थ्यलाई दुरुस्त राख्न सघाउने उनी आफ्नो खर्बौको आयुर्वेदिक कम्पनी मार्फत् औषधि बेच्ने एक व्यापारीका रुपमा पनि चिनिन्छन । उनी बेलाबखत चटक देखाउन पनि माहिर छन । केही वर्ष पहिले अनशनस्थलबाट भाग्दा महिलाको पोशाकमा प्रहरीले पक्रँदासमेत उनी चर्चामा थिए ।
यस पटक भने उनी हात्तीमाथि चढेर योग गर्ने अर्को चटक देखाउन खोज्दा लडेर चर्चामा आएका हुन । भारत उत्तर प्रदेशको मथुरामा हात्तीमाथि योगासनमा रहेर योग गर्दै गर्दा हात्तीले जिउ हल्लाइदिँदा उनी गर्ल्याम्म गुर्लुम्म तल भुईंमा पछारिएका हुन । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । बीबीसी
जब हाथी के ऊपर बैठकर योग करते हुए बाबा रामदेव नीचे गिर पड़े…
— BBC News Hindi (@BBCHindi) October 13, 2020
वीडियो: यशपाल सिंह और समीरात्मज मिश्र pic.twitter.com/WSmV44T5vn