death

२ दिनदेखि आईसीयू बेड कुर्दै गर्दा ज्यान गयो

रुपन्देही, २८ असोज । नवलपरासीकी एक कोरोना संक्रमित महिलाको एक अस्पतालबाट अर्को अस्पतालमा लैजाने क्रममा एम्बुलेन्समा नै मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बुटवलमा आईसीयू बेड कुरेर दुई दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा बसेकी महिलालाई गत राति धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा लैजाने क्रममा एम्बुलेन्समा नै मृत्यु भएको हो ।

मृत्‍यु हुनेमा नवलपरासी सुनवल–४ की ७७ वर्षीय एक वृद्धा रहेको जनाइएको छ । कोरोना संक्रमण देखिएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी उनको २ दिनदेखि आईसीयू बेड कुर्दै गर्दा गत राति मृत्यु भएको हो । उनलाई गत असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

ती वृद्धलाई सोही दिनदेखि नै आईसीयूमा राख्नुपर्ने भएपनि बेड अभावका कारण प्रादेशिक अस्पतालको फिभर क्लिनिक सेन्टरमा राखिएको थियो । बुटवलको धागो कारखानामा अवस्थित अस्थायी कोराना विशेष अस्पतालमा आइसीयू बेड खाली भएपछि बिरामीलाई स्थानान्तरण गर्ने क्रममा बाटौमै मृत्यु भएको अस्पतालले जनाएको छ । उनी मुटुको रोगी तथा रगतको कमी भएको अस्पतालले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्