नगरपालिकाका प्रमुख आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि

कोरोना

झापा१ २९ असोज । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कनकाईमा रहेको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टबाट बुधबार उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको नगरपालिकाका सामाजिक शिक्षा विकास समितिका संयोजक नवीन बरालले बताए ।

उनी अहिले आफ्नै घरको आइसोलेसनमा बसेका छन । यस अघि झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई समेत कोरोना सङ्क्रमण भएको थियो ।

यसैबीच, राष्ट्रिय समाचार समितिका सञ्चालक समिति सदस्य दयाराम दाहाल कोभिड–१९ को सङ्क्रमणबाट मुक्त भएका छन । असोज १६ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा उपचारका लागि भर्ना गरिएको थियो ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्