सानु शिवा पहाडी

सांसद पहाडीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रदाञ्जली

काठमाडौँ, २९ असोज । प्रतिनिधि सभाकी सांसद सानु शिवा पहाडीको पार्थिव शरीरमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रदाञ्जली दिएका छन् । पहाडीको पार्थिव शरीरमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए ।

पहाडीको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । उनलाई श्रदाञ्जली दिनका लागि आफन्त, सांसद र नेकपाका कार्यकर्ता पशुपति आर्यघाट पुगेका छन् । सांसद पहाडीको बुधबार बिहान उपचारका क्रममा निधन भएको थियो । उनको बिहीबार अन्त्येष्टि गरिने छ ।

पहाडीको बुधबार उपचारका क्रममा निधन भएको थियो । लामो समयदेखि मिर्गौला र मुटुको रोगबाट पीडित पहाडीको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । पहाडी नेकपाकी समानुपातिक सांसद हुन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्