श्रवण शक्ति

कोरोनाले जीवनभरीका लागि श्रवण शक्ति नष्ट पारिदिन सक्छ

कोरोनाले जीवनभरीका लागि श्रवण शक्ति नष्ट पारिदिन सक्छ । यसको संक्रमणले सुन्ने क्षमतालाई कम वा पूर्ण रुपमा समाप्त पारिदिन सक्छ । बेलायतमा एउटा यस्तै घटना भेटिएको छ । यो दाबी बेलायतको युनिभर्सिटी कलेज लण्डनका अ’नुसन्धा’न कर्ताले गरेका छन् ।

अ’नुसन्धा’न कर्ताका अनुसार संक्रमणपछि स्टेरोयड औषधी दिएपछि यसको असर नकारात्मक हुनसक्छ । यो बहिरोपनको रुपमा पनि देख्ने गर्छ । यद्यपि, बिरामीको श्रवण शक्ति कसरी घट्छ, यो पूर्ण रुपमा स्पष्ट हुन सकेको छैन । थुप्रै पटक फ्लू, हर्पिजजस्ता भाइरल संक्रमणको मामिलामा यस्तो हुनेगर्छ ।

बीएमजे जर्नलमा प्रकाशित रिपोर्ट अनुसार जुन संक्रतिमा बहिरोपनको मामिला भेटियो ती दमका रोगी थिए र कोरोनाको लक्षण देखिएपछि अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्ना भएको १० दिनपछि उनलाई आइसीयूमा राखिएको थियो, त्यहाँ उनी ३० दिनसम्म भर्ना भए ।

बिस्तारै बिरामीको स्वास्थ्यमा जोखिम बढ्दै गयो । त्यसपछि उनलाई एन्टीभाइरल औषधी रेमडेसिविर स्टेरोइस दिइयो र रगत चढाइयो । यो उपचारपछि बिरामीले केही राहत पाए । केही दिनपछि बिरामीले दाहिने कानमा घण्टी बजेको जस्तो आवाज सुन्न थाले र अचानक यो कानले सुन्न छोडे ।

एकहप्ता पछि उनलाई आइसीयूमा ट्रान्सफर गरियो । बिरामीको उपचार गर्ने डाक्टरले यसअघि कुनै पनि बिरामीको सुन्ने क्षमतामा असर नपरेको बताएका छन् । शारीरिक रुपमा ती बिरामी तन्दरुस्त छन् । अ’नुसन्धा’नकर्ताका अनुसार बिरामीको कानको परीक्षण गर्दा त्यसमा न त कुनै अवरोध थियो न नै कान सुन्निएको थियो ।

यो घटनापछि बिरामीको थुप्रै परीक्षण गरियो । यसमा फ्लू, रुमेटोयड अर्थराइटिस, एचआईभीको परीक्षण समावेश थियो । अ’नुसन्धा’नमा पाइए अनुसार बिरामीको बहिरोपनको कारण कोरोनाको संक्रमण थियो । अ’नुसन्धा’न कर्ताका अनुसार सुन्ने क्षमता घट्नु र टिनिटस (कानमा आवाज गुञ्जिनु) को लक्षण पनि कोरोना र फ्लूका बिरामीमा देख्न सकिन्छ । तर यस्तो मामिला पहिले देखिएको थिएन ।

वैज्ञानिकका अनुसार कोरोनाले कानको मध्ये भागलाई पनि प्रभावित पार्न सक्छ । यो भाइरसले शरीरमा यस्तो रसायन बढाउने गर्छ जुन सुन्ने क्षमतासँग जोडिएको हुन्छ । अ’नुसन्धा’न कर्ताले डाक्टरलाई आइसीयूमा कोरोनाका बिरामीसँग कुरा गर्दा उनीहरुको श्रवण शक्ति बारे पपिन कुरा गर्न सुझाएका छन् । यस्तो हुँदा उनीहरुलाई तत्काल उपचार प्रदान गर्न पनि आग्रह गरेका छन् । बीबीसी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्