महोत्तरी, ३० असोज । महोत्तरीको बर्दिबास नगरपालिका–६ मा कपडा पे’ल्ने मेसिनमा हात च्या’पिएर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका–३ बस्ने १५ वर्षीय जाकिर मियाँ धोबी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
बिहीबार साँझ बर्दिबास–६ मा पुरानो कपडा पे’लेर कपास बनाउने ना ७ प १३८३ नम्बरको ट्याक्टरमा कपडा पे’ल्ने क्रममा किशोर धोबीको दाहिने हात च्या’पिएर ग’म्भीर घा’इते भएका थिए । अत्यधिक र’क्तश्रा’व भइरहेको किशोर धोबीलाई तत्काल धनुषाको लालगढ स्थित मोडल अस्पतालमा उपचारको लागि पठाइएको थियो ।
त्यहाँ सामान्य उपचार पश्चात विशेष उपचारको लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा पठाइएकोमा उनको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यता कपडा पे’ल्ने मेशिन सहितको ट्याक्टर र चालक रौतहट, ईशनाथ नगरपालिका–९ बस्ने २३ वर्षीय असलम मियाँ ईलाका प्रहरी कार्यालय बर्दिबासको नियन्त्रणमा रहेको जनाइएको छ ।