पर्सा, ०१ कार्तिक। पर्सामा प्रहरीले २२ किलो सुन बरामद गरेको छ। जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तको नेतृत्वमा एक टोलीले वीरगञ्ज महानगरपालिका–६, बिर्तास्थित एक घरबाट उक्त परिमाणको सुन बरामद गरेको हो।
सुन निलो प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो । जिल्ला प्रहरी प्रवक्ता डीएसपी मनोजीत कुँवरले विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने जानाकारी दिए। “परिमाणबारे नापतौल हुँदै छ, यस विषयमा तपाईँहरूलाई छिट्टै थाहा दिन्छौं।” “डीएसपी कुँवरले भने।
एसपी पन्तको नेतृत्वमा रहेको टोलीले शनिबार प्राप्त सुराकको आधारमा अप्रेशन चलाएको हो। यस क्रममा केहीलाई पक्राउ परेको पनि प्रहरीले बताएको छ। सुन बरामदबारे जानकारी दिनका लागि केही बेरमा पत्रकार सम्मेलन हुने पनि बताइएको छ।
