काठमाडौँ, ०२ कार्तिक। पूर्वमन्त्री डा.डम्बरनारायण यादवको निधन भएको छ । उनको ८५ वर्षको उमेरमा उपचारको क्रममा विराटनगरमा निधन भएको भएको हो। उनका छोरा मनोज यादवक अनुसार सप्तरीस्थित आफ्नो निवासमा चार दिनअघि अचानक बेहोस भएपछि उपचारका लागि विराटनगर लगिएको थियो ।
पञ्चायती व्यवस्थामा शिक्षा मन्त्री रही सकेका यादव प्रजातन्त्र आएपछि नेपाल सद्भावना पार्टीमा सक्रिय भएका थिए । उनी मधेशी नागरिक समाजका अध्यक्षको हैसियतामा विभिन्न समाजिक कार्यमा समेत संलग्न हुँदै आएका थिए । ब्रेन हेम्ब्रेजका कारण उनको निधन भएको पारिवारिक स्रोतले बताइएको छ । उनको दाहसंस्कार आज सप्तरीमै हुँदैछ ।