काठमाडौं, ०२ कार्तिक। कैलालीमा मोटरसाईकल गस्तिमा खटिएका प्रहरीको ह’त्या भएको छ । शनिवार साँझ ८ बजे अस्थायी प्रहरी पोष्ट जुगेडाबाट ड्युटी गएका एकजना प्रहरीको शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश कुमार सिंहले बताए ।
जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिक र जवान राम बहादुर साउन मोटरसाईकल गस्तिमा निस्किएका थिए । उनीहरुमध्ये एक जनाको शव मोहना खोलामा फेला परेको छ । बिहानसम्म ड्युटीबाट नफर्केपछि खोजी गर्दा घो’प्टो परेको अवस्थामा शव फेला परेको हो ।
उक्त शव पहिचान भइनसकेको र शव निकाल्न बाँकी रहेको एसएसपी सिंहले बताए । शव फेला परेको ठाउँ नेपाल–भारत सिमना नजिकै पर्छ । तस्कर समूहले ह’त्या गरेको आ’शंकामा जिल्ला प्रहरी कार्यालय कैलालीले अनु’सन्धान शुरु गरेको छ ।