काठमाडौं, ०२ कार्तिक। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार कुम्भकर्ण निद्रामा रहेको बताएका छन् । सिंगो देश महामारीका कारण आक्रान्त भएको बताउँदै महामन्त्री खड्काले एक ट्विट गर्दै विपत्तिको कहरमा जनताका लागि खोई प्रधानमन्त्री भन्दै प्रश्न गरेका छन् ।
साथै उनले आन्तरिक ध’न्दामा व्यस्त सरकारलाई जनता र देशको चिन्ता नभएको महामन्त्री खड्काको आ’रोप छ । खड्काले भनेका छन्, ‘कोभिडको महामारिले सिङ्गो देश आ’क्रान्त छ, सरकार कुम्भकर्ण निन्द्रामा तर आन्तरिक ध’न्दामा व्यस्त छ । न जनताको चिन्ता छ, न त देशको नै । यो बिपत्तिको कहरमा जनताका लागि खोई प्रधानमन्त्री ? खोई सरकार ?’ न जिम्मेवारि बाेध छ? न जनतालाई कुनै भराेसाकाे सन्देश छ !याे माैनता दुर्भाग्यपूर्ण – उनले लेखेक छन् ।
काेभिडकाे महामारिले सिङ्गाे देश अाक्रान्त छ, सरकार कुम्भकर्ण निन्द्रामा तर अान्तरिक धन्दामा ब्यस्त छ!न जनताकाे चिन्ता छ,नत देशकाे नै?याे बिपत्तिकाे कहरमा जनताका लागि खाेई प्रधानमन्त्री ?खाेई सरकार ?न जिम्मेवारि बाेध छ?न जनतालाई कुनै भराेसाकाे सन्देश छ !याे माैनता दुर्भाग्यपूर्ण🌳
— Purna Bahadur Khadka (@NCPurnaKhadka) October 18, 2020