भीम रावल

खातामा भत्ताको रकम राखिएको थाहा पाइयो- आफ्नो खाताबाट रकम कट्टी गर्न आग्रह: भीम रावल

काठमाडौै, ०२ कार्तिक । कोरोना कहरका कारण विश्व नै आर्थिक मन्दीमा परेको छ । जसको मारमा नेपाल पनि छ । यस्तो अवस्थामा अधिकारभन्दा बाहिर गएर संसदलाई दशैं भत्ता बाँडिएको छ । कानुनी दृष्टिले हेर्ने हो भने सांसदहरुले घरबहाल, बिजुली, पानी, सञ्चार खर्च, बैठक भत्ता र भ्रमण भत्ता पाउने मात्रै पाउने व्यबस्था छ।

दशैं खर्चसम्बन्धी कुनै व्यवस्था छैन । यतिखेर सांसदलाई दशैं खर्च बाँडेको भन्दै सामाजिक सञ्चाल तातेको छ । यसैबीच दशैं भत्ताबापत खातामा आएको रकम नेकपाका नेता भीम रावलले फिर्ता गरेका छन् । आइतबार बिहान एक ट्विटमार्फत् नेता रावलले खातामा भत्ताको रकम राखिएको थाहा पाएको बताउँदै आफ्नो खाताबाट रकम कट्टी गर्न आग्रह गरेका छन् ।

रावलको सो ट्विटमा भनिएको छ, ‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो । हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गरियोस् । सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ। मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।’ खातामा भत्ताको रकम राखिएको थाहा पाइयो ।

हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनैपनि जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गरियोस् ।सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ ।मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ । उनको यो कदमले राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले चालेको कदमलाई सहयोग मिलेको छ ।

नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्य बनेसँगै सभासदका हैसियतले पाउने कुनै पनि भत्ता नलिने घोषणा गरेका थिए । र, कुनै पनि रकम लिएका छैनन् पनि । कोरोना कहरकैबीचमा उनी राष्ट्रिय सभा सदस्य बनेका हुन् । यद्यपि उनी राष्ट्रिय सभा हुँदा नेपालमा भने महामारीको रुप लिएको थिएन ।तर, उनले सोही समय एक वर्षको राष्ट्रिय सभा बैठक भत्ता नलिने घोषणा गरेका थिए ।

सार्वजनिक खर्चमा कटौती, मितव्ययिता, चुहावट र भ्रष्टाचार नियन्त्रण, प्राथमिकताको निर्धारण र पुँजीगत खर्च कार्यान्वयन क्षमतामा वृद्धि जरुरी हुने उनको भनाइ थियो । त्यसैगरी, उनले तत्कालीन समयमा संघ र प्रदेशका अन्य मित्रलाई पनि सोच्न भत्ता रकमबारे सोच्न अनुरोध गरेका थिए ।

तत्कालीन समयमा उनले भनेका थिए, ‘म जोड दिएर भन्छु, सांसद विकास कोष’ कम्तिमा आगामी वर्षका लागि खारेज गरेर त्यो रकम रोजगारी केन्द्रित राष्ट्रिय योजनामा लगानी गरौँ ।समग्र राष्ट्रिय हित र आवश्यकताको कोणबाट सोचौँ ।’

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्