चेकजाँचका क्रममा हेलमेट भित्र १० लाख भेटिएपछी…

प'क्राउ

रौतहट, ३ कत्तिक । रौतहटको सीमावर्ती ईशनाथ नगरक्षेत्रमा हेल्मेट भित्र लुकाइएको १० लाख रुपैयाँ सहित एक युवक पक्राउ परेका छन । चाडपर्वको समय भारतीय बजारबाट ठूलो परिमाणमा अवैध रकम लिएर आइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको टोलीले आइतबार साँझ उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका ७ का २० बर्षिया दीपक पटेल रहेको रौतहट प्रहरीले जनाएको छ । ईशनाथ नगरपालिका वडा नं.७ स्थित सडक खण्डमा सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई चेकजाँच गर्ने क्रममा भारत तर्फ बाट नेपालको जयनगर गाउँ तर्फ आउँदै गरेको ना ५३ प ६२८४ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा पटेलले लगाएको सेतो रंगको हेल्मेटभित्र लुकाइ राखेको अवस्थामा स्रोत नखुलेको १० लाख रुपैयाँ ब’राम’द भएको बताइएको छ ।

ब’राम’द भएको रकममा रु १ हजार दरको नेपाली नोट ८ लाख र ५ सय दरको नेपाली नोट दुई लाख समेत गरी जम्मा नेपाली नगद १० लाख रुपैयाँ ब’राम’द भएको प्रहरीले जनाएको छ । बरामद रकमको स्रोत नखुलेको कारण आवश्यक कार’वा’हीको लागि पटेललाई मोटरसाइकल सहित जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको छ । पटेल भारत बाट ठूलो परिमाणमा रकम लिएर आउँदा ईशनाथमा पक्राउ पर्ने यो चौथो व्यक्ति हुन् ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्