चर्चित हास्य कलाकार तथा निर्देशक शिवहरि पौडेललाई मातृशोक

शिवहरि पौडेल

काठमाडौं, ३ कत्तिक । चर्चित हास्य कलाकार तथा निर्देशक शिवहरि पौडेललाई मातृशोक परेको छ । उनीकी आमा गंगादेवी पौडेलको गत राति ११ बजे एक सय वर्षको उमेरमा निधन भएको हो ।

कलाकार पौडेलले सामाजिक सञ्जाल मार्फत शेयर गर्दै आमालाई सय बर्ष माथि बचाउन नसकेको दुःख पोखेका छन् । उनले फेसबुकमा लेखेका छन् – ‘दुःखद् खबर लेख्न बाध्य भएँ आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरेँ कि गरिनँ, मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनु भो, त्यसपछि हजुरलाई बचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा वास होस् मेरी प्यारी आमा ।’

कलाकार पौडेलले देश विदेशमा भएका सम्पूर्ण आफन्त जनहरुको जानकारीको लागि उक्त दुःखद् खबर आँफैले फेसवुक मार्फत सार्वजनिक गर्ने बाध्य भएको समेत वालमा राख्न वाध्य भएको उल्लेख गरेका छन् । पौडेलको आमाको निधन प्रति विभिन्न कलाकारहरुले सामाजिक सञ्जाल मार्फत शोक ब्यक्त गरिरहेका छन् ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्