पोखरा, ४ कत्तिक । कास्की प्रहरीले माछापुच्छ्रे गाउँपालिका–४ मा गत असोज २४ गते भएको चोरीको घ’टनामा सङ्लग्न रहेको आ’रोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लाहाचोक स्थित तुलसी अधिकारीको शारदा एण्ड सरोज किराना पसलबाट रिचार्ज कार्ड, नगद रु एक लाख ३० हजार, औँठी लगायत सामान चो’री गरी फरार रहेको भन्ने सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा तनहुँ रिसिङ गाउँपालिका–२ घर भई हाल पोखरा महानगरपालिका–८ न्यूरोड बस्ने ३० वर्षीय मधु थापा र लाहाचोककै ३८ वर्षीय सूर्यबहादुर घर्ती रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोलीले खोजतलास तथा अ’नुसन्धा’न गर्ने क्रममा उनीहरुलाई थापाको पोखरा–८ न्यूरोडस्थित आफ्नै डेरा कोठाबाट चोरी भएको सामान सहित फेला पारिएको जनाइएको छ ।
प्रहरीले उनीहरुको साथबाट रु ७७ हजार २९० बरामद गरेको र चो’री तथा डाँ’का सम्बन्धी क’सुर अन्तर्गत अ’नुसन्धा’न भइरहेको प्रनाउ हमालले जानकारी दिए ।