साउथ सुपरस्टार महेश बाबुले बाढी पिडितका लागि गरे भारतीय एक करोड रुपैयाँ सहयोग

महेश बाबु

साउथ सुपरस्टार महेश बाबुले बाढी पिडितका लागि भारतीय एक करोड रुपैयाँ सहयोग गरेका छन् । बाढीका कारण तेलंगाना राज्यको जनजिवन प्रभावित भएपछि उनले सो सहयोग प्रदान गरेका हुन् । महेशले तेलंगानाको चिफ मिनिस्टर फन्डमा सहयोगको एक करोड जम्मा गराएका हुन् ।

जसको जानकारी उनले आफ्नो अफिसियल ट्वीटर एकाउन्ट मार्फत गराएका छन् । उनले सबैलाई बढी पीडितको सहयोग गर्न आग्रह समेत गरेका छन् । यस अगाडि पनि महेशले कोरोना भाइरस महामारीका लागि चिफ मिनिस्टर फन्डमा एक करोड रुपैयाँको समेत दान दिएका थिए ।

महेश फिल्म ‘सरकरु वैरी पाटा’मा कीर्ति सुरेशका साथ देखिदै छन् । फिल्मका निर्देशक परशुराम रहेका छन् । त्यस्तै, बालाकृष्णा, नागार्जुना र जुनियर एनटिआरले पनि ५०–५० लाख रुपैयाँ सहयोग गरेका छन् । गत हप्ता भएको भारी वर्षाका कारण तेलंगानामा ५० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । एजेन्सी

महेश बाबु
महेश बाबु
तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्