जब नेपाल आयल निगम परिसरमा एउटा ट्यांकरमा आगलागी भयो

आगलागी

बुटवल, ६ कत्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ७, भलवारीस्थित नेपाल आयल निगम परिसरमा एउटा ट्यांकरमा आगलागी भएको छ । आयल निगमको डिपोभित्र भारतबाट तेल लिएर आएको पेट्रोल ट्यांकरमा बिहीबार दिउँसो आगलागी भएको हो ।

भारतबाट ल्याईएको पेट्रोल डिपोमा चेकजाँच गरिसकेर ट्यांकर स्टार्ट गर्दा अकस्मात ब्याट्री सर्ट भएर आगलागी भएको थियो । पेट्रोल भरिएको लु१ख ८१४५ नम्बरको ट्यांकरमा आगलागी भएको हो । ट्याङकरको क्याबिनमा लागेको आगो निगमको डिपोभित्रै रहेको दमकलले नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट ट्याङकरको क्याबिन पूर्ण रुपमा जलेको छ । ट्याङकर भने आगो लाग्नबाट जोगिएको छ । ट्याङकरमा आगो सल्किएको भए ठूलो क्षति हुन सक्थ्यो । तर, डिपोभित्रै रहेको दमकलले तत्काल आगो नियन्त्रणमा लिएको कारण निगमको डिपो सम्भावित ठूलो आगलागी हुनबाट जोगिएको छ।

यसअघि गत सोमबार साँझ भैरहवास्थित एभरेष्ट पेट्रोल पम्प परिसरमै रहेको ट्यांकरमा पनि आगलागी भएको थियो ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्