आफ्नै छोरीलाई गो’ली हा’न्ने एक पुरुष कारागार चलान

पक्राउ

ओखलढुङ्गा, ७ कत्तिक । ओखलढुङ्गामा आफ्नै छोरीलाई गो’ली हा’न्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा ब’न्दुक प्र’हा’र गरेर छोरीलाई ग’म्भीर घा’इते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बर बहादुर तामाङ पुर्पक्षका लागि कारगार चलान भएका हुन् ।

ओखलढुङ्गा जिल्ला अदालतको आदेशमा तामाङलाई कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए । तामाङ विरुद्ध हातह’तिया’र खरख’जना तथा ज्यान मा’र्ने उद्योगको मु’द्दा चलाइएको थियो । तामाङले १३ वर्षीया छोरी फुरीमाया तामाङमाथि असोज १६ गते साँझ भरुवा ब’न्दुक प्र’हा’र गरेका थिए । ब’न्दुकको छ’र्रा लागेर फुरीमाया ग’म्भीर घा’इते भएकी थिइन् । प्रहरीले आ’रोपि’त तामाङलाई असोज १७ गते पक्राउ गरेको थियो ।

दाहिने खुट्टाको घुँडा भन्दा माथि ब’न्दुकको छ’र्रा लागेर घा’इते बालिकाको उपचार भइरहेको छ । आर्थिक अवस्था नाजुक भएकी उनको उपचारार्थ वडाध्यक्ष हेमबहादुर सुनुवारले सहयोग रकम जुटाउन शुरु गरेका छन । अहिले सम्म रु १६ हजार २७५ सहयोग उपलब्ध गराइएको वडाध्यक्ष सुनुवारले बताए ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्