काठमाडौँ, ७ कात्तिक । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई हेलिकप्टर मार्फत काडमाडौं ल्याइएको छ । कोरोना संक्रमित भएका मुख्यमन्त्री पौडेलको अवस्था गम्भिर भएपछि उनलाई थप उपचारको लागि हेटौंडाबाट नेपाली सेनाको हेलिकप्टर मार्फत आज अपरान्ह्र काठमाडौं ल्याइएको हो ।
उनको उपचार बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचार हुने बुझिएको छ । पौडेलसहित उनकी पत्नी विजया, दुई चालक, एक सुरक्षाकर्मी र एक कार्यालय सहयोगीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो ।