काठमाडौं, ०८ कार्तिक। प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा एक महिलाको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ स्थित पिडारी पश्चिमवारी टोल तर्फको सडकमा जमेको हिलोमा गा’डिएको अवस्थामा पहिचान खुल्न नसकेको एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो ।
जनकपुरबाट कुर्था जाने सडकखण्डमा जमेको हिलोमा मृत फेला परेकी महिलाको पहिचान खुल्न नसकेको प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।
मृत महिलाको घाँ’टीमा डा’म देखिएको र न’ग्न अवस्थामा शव फेला परेकाले ह’त्या नै गरिएको प्रारम्भिक अनु’सन्धानबाट खुलेको उनले बताए । उनले भने, ‘शवको पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै सत्य कुरा बाहिर आउने छ। अहिले मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको राखिएको छ ।’