धरानमा कोरोना संक्रमित पाँच महिनाको शिशुसहित दुई जनाको मृत्यु

मृत्‍यु

धरान,०८ कार्तिक। धरानमा कोरोना संक्रमित पाँच महिनाको शिशुसहित दुई जनाको मृत्यु भएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारको क्रममा आमा र शिशुसहित दुई जनाको ज्यान गएको हो। मोरङ, सुन्दर हरैँचाका शिशुको प्रतिष्ठानको कोभिड अस्पतालमा शुक्रबार राति मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उनलाई शुक्रबार नै संक्रमण पुष्टि भएको थियो । पाँचमहिने छोरीलाई दिमागसम्बन्धी रोगको समस्या भएको थियो । यस्तै शुक्रबार अपराह्न धरान–११ की ५२ वर्षीया एक महिलाको पनि प्रतिष्ठानमै उपचारका क्रममा मृत्यु भएको थियो ।

उनलाई उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घ रोग भएको बताइएको छ । उनलाई यही कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भई ५ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

यो पनि पढ्नुहोस

काठमाडौँ, ०८ कार्तिक। धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।शुक्रबार साँझ ७ः५० मा उपचारका क्रममा सन्दरहरैचा मोरङकी पाँच बर्षीया बालिकाको मृत्यु भएको अस्पतालका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

बालिका मस्तिष्कसम्बन्धी रोगबाट ग्रसित भएको डा. श्रेष्ठले जानकारी दिएका छन् । मृत्यु भएकी बालिकाको नियामानुसार शव व्यवस्थापन भइरहेको अस्पतालले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्