उत्तरी नाका हिल्छाबाट बन्दोबस्तीका सामानहरू नआउँदा महंगी र विकृति बढ्दै हुम्ला नाम्खामा

फापरको रोटी

हुम्ला , ८ कार्तिक। हुम्ला –संघीयतापछि लागु भएको तीन सरकारको व्यवस्थाले गर्दा धेरै सेवा सुविधाहरू गाउँ गाउँमा पुग्नुको साथै महंगी र विकृति पनि पुगेका छन् ।

यसैको एक उदाहरण हो हुम्ला नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ्गमा फापरको एक रोटी अर्थात् लगडको एक सय पर्ने गरेको छ । पछिल्लो समय कोरोना महामारीले पनि उत्तरी नाका हिल्छाबाट बन्दोबस्तीका सामानहरू नआउँदा यस्तो महंगी बढेको स्थानीयहरू बताउँछन् ।

नाम्खा गाउँपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूलाई स्थानीयस्तरमा पनि खाद्यान्न र अन्य सामानहरू किन्न नपाइने र नेपाल खाद्य संस्थानबाट पाइने मासिक कोटाको चामलको पनि व्यवस्था नहुँदा बस्न गाह्रो भएको जानकारी नाम्खा गापामा कार्यरत इन्जिनियर धनलाल रोकायाको दुखेसो रहेको छ ।

Faparko mo:mo
फापरको म:म

उनले भने सकभर खाना नै पाइदैन पाइए पनि प्रतिक छाकको दुई सय रुपैँया र खाजा एक सयदेखि तीन सयसम्म पर्ने भएकाले काम गर्न र बस्न गाह्रो भएको बताउँछन् । यसरी मासिक खाना बस्नकै लागि पनि बीस हजार जति लाग्ने भएकाले जागिर खाने की घरपरिवार पाल्ने समस्या भएको नाम्खा गाउँपालिकामा कार्यरत कर्मचारीहरूको बाध्यता रहेको छ ।

स्थानीयस्तरको फापरको रोटी अर्थात् लगड खाँदा मोटाई हेरे एक रोटीको ८० देखि १५० रुपैँयासम्म पर्ने गरेको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्