अब नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन, विदेशी विज्ञापनरहित नभएसम्म प्रशारणमा रोक !

काठमाडौँ, ०८ कार्तिक। शुक्रबार रातिदेखि नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन विदेशी विज्ञापनरहित नभएसम्म प्रसारण हुने छैनन् । भारतीय टेलिभिजन नेटवर्कहरु ‘जी’ र ‘सोनी’ अन्तर्गतका च्यानलहरु मात्र विज्ञापन रहित भएर आएकाले प्रशारण भइरहेका छन् ।

शुक्रबार रातिदेखि स्टार, बीबीसी, सीएनएन, डिस्कभरीलगायतका च्यानलहरु नेपालमा बन्द छन् । स्टार अन्तर्गत स्टार स्पोर्टस्, स्टार प्लस, स्टार गोल्ड, स्टार मुभिज, नेश्नल जोग्राफिक, स्टार १, स्टार २ लगायतका २० भन्दा बढी स्टारका च्यानल केही समयका लागि बन्द भएको छन् ।

यस्तै कलर्स, कलर्स एचडी, बीबीसी, सीएनएन लगायतका च्यानलको पनि प्रशारण रोकिएको डिसहोमका प्रबन्ध निर्देशक सुदिप आचार्यले बताए ।

क्लिन फिडका लागि आवश्यक सामग्री रोकिँदा हाल सर्भिस दिन नसकिएको तर, दशैँ लगत्तै यी च्यानलको पूनः प्रसारण हुने जनाइएको छ । यी च्यानल बन्द भएपछि हाल चलिरहेका इन्डियन प्रिमियर लिग (आइपिएल) र इंग्लिस प्रियमियर लिग (इपिएल) पनि नेपालमा हेर्न पाइने छैन ।

विज्ञापन ऐन–२०७६ को प्रावधानअनुसार नेपालमा क्लिन फिड नीति लागू गरिएको हो । गत वर्षको कात्तिकमा संसदबाट पारित भएर राजपत्रमा प्रकाशित भएको विज्ञापन नियमन गर्ने ऐनको दफा ६ मा एक वर्षभित्र क्लिन फिड लागू गर्ने प्रावधान राखिएको थियो ।

त्यसैका आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही समयदेखि सरोकारवालहरुलाई कात्तिक ८ गतेबाटै क्लिन फिड लागू गर्नुपर्न भन्दै निर्देशन दिएको थियो ।

मन्त्रालयको निर्देशन र कानूनी प्रावधानका आधारमा आजबाट क्लिन फिड लागू भएको हो । क्लिन फिडको अनुगमनका लागि मन्त्रालयले विज्ञापन बोर्ड पनि गठन गरेको छ । क्लिन फिड लागू भएसँगै नेपालको विज्ञापन बजार ३ देखी ४ अर्ब रूपैयाँले बढ्ने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्