दशैंको टिकाको सुभ साइत कतिबेला? हेर्नुहोस यस्तो आयो निर्णय

दशैंको टिका

काठमाडौँ, ०८ कार्त्तिक। बडादशैंअन्तर्गत आज (शनिबार) महाअष्टमी। आजका दिन बलि दिनेले बलिसहित देवीको पूजा आराधना गर्छन्। बेलुकी कालरात्रि मनाइन्छ। भोलि कात्तिक ९ गते आइतबार महानवमी पर्व हो। यस दिन शक्तिपीठमा पूजा आराधना गरिन्छ। वसन्तपुरको कोतमा राज्यका तर्फबाट बलिसहित पूजा आराधना हुन्छ।

आइतबार अर्थात् कात्तिक १० गते भने दसैंको मुख्य दिन हो- विजयादशमी अर्थात् मान्यजनबाट टीका/जमरा लगाई आशीर्वाद ग्रहण गर्ने दिन। यहि दिन अर्थात बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०.१९ बजे उत्तम भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

यसैगरी देवी विसर्जनको साइत बिहान १०.११ बजे उत्तम रहेको गृह मन्त्रालयका उपसचिव वासुदेव घिमिरेद्वारा प्रेषित अभिलेखमा जनाइएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्