डा. बाबुराम भट्टराई र उनकी श्रीमती हिसिला यमीलाई कोरोना संक्रमण

baburam bhattarai

काठमाडौं, ०८ कार्तिक। समाजबादी पार्टिका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी श्रीमती हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएकाे छ । डा. भट्टराईले सामाजिक सञ्जलाल ट्वीटरमा लेखेका छन्, ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

baburam bhattarai & Hisila Yami

कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो ।’ संक्रमण पुष्टि भएपछि चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा छन् । भट्टराईले केही समययता आफूहरूसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह पनि गरेका छन् ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्