इटलीमा लकडाउनको अवज्ञा गर्दै ठूलो वि’रोध प्रदर्शन

इटली

इटलीको तेस्रो ठूलो शहर नेपल्समा लकडाउनको अवज्ञा गर्दै ठूलो वि’रोध प्रदर्शन भएको छ । कोरोना संक्रमितको संख्या दैनिक रुपमा फेरि बढ्न थालेपछि गर्भनर भिन्सेन्जो डि लुकाले यहाँ ४० दिने लकडाउन घोषणा गरेका थिए । तर, आ’क्रो’शित बनेकाहरुले स्वतन्त्रताको नारा लगाउँदै आ’न्दोलन थाले ।

शुक्रबार राति यहाँका सडकमा उनीहरुले वि’रोध प्रदर्शन गरे । त्यसक्रममा उनीहरुले प्रहरीमाथि पनि आ’क्रमण गरे । आ’न्दोलनकारीहरुले बोतल, पटाका र अन्य वस्तुहरु प्रहरीतर्फ फ्याँकेका थिए । प्रहरीले पनि अश्रुुग्याँस प्र’हार गरेर आ’न्दोलनकारीलाई तितर–वितर पार्न खोजेको थियो ।

महामारी सुरु भएयता राष्ट्रव्यापी रुपमा कडा लकडाउन गर्ने इटली पहिलो देश थियो । यहाँ, कोरोना भाइरस महामारीका कारण स्वास्थप्रणाली नै संकटमा परेपछि ९ मार्चदेखि नै लकडाउन भएको थियो । पहिलो लहरका दौरान यहाँको उत्तरी लोम्बार्डी क्षेत्र सबैभन्दा धेरै प्रभावित भयो ।

जब दैनिक नयाँ कोभिड १९ संक्रमितहरुको संख्या घट्न थाल्यो, तब इटलीले बिस्तारै लकडाउन खुकुलो ग¥यो । यद्यपी, पछिल्लो समय फेरि युरोपमा दोस्रो लहर देखिएको छ । जसकारण बाध्य भएर इटलीका अधिकारीहरुले फेरि लकडाउन गरे ।

बुधबार इटलीका प्रधानमन्त्री जोसेप्पे कोन्टेले भाइरससँग लड्नका लागि जनताले अनावश्यक यात्रा नगर्ने लगायत ‘सानो त्याग’ गर्नसके सरकारले कडाइ गर्नु नपर्ने बताएका थिए । इटलीमा शुक्रबार एकैदिन कोभिड १९ का १९ हजार १ सय ४३ नयाँ संक्रमित देखिएका छन्, जो महामारी सुरु भएयताकै उच्च हो ।

यसअघि बिहीबार १६ हजार ७८ जना संक्रमित भेटिएका थिए । इटलीमा कुल संक्रमितको संख्या ४ लाख ८४ हजार नाघेको छ । ३७ हजार ५२ जनाले ज्यान गुमाएका छन् भने २ लाख ६२ हजार निको भइसकेका छन् । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्