काठमाडौं, १० कात्तिक। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली चर्चित गीत रेशम फिरिरि गाउँदै विजयादशमीको शुभकामना दिएकी छन् । १ मिनेट २९ सेकेन्डको गीतको क्लिप उनले आफ्नो ट्वीटर अकाउन्टमा शेयर गरेकी छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा राखिएको गीतको भिडियोमा राजदूत यान्छीले चर्चित नेपाली गीत रेशम फिरिरी गाएको देख्न सकिन्छ। उनले ट्वीटरमा लेखेकी छन्, ‘मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरी अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं । ‘यसले सबैलाई शौभाग्य र खुशी ल्याओस् !’
बुद्धि परियारले संकलन गरेको ‘रेशम फिरिरि…’ पहिलोपटक सुन्दर श्रेष्ठ र द्वारिकालाल जोशीको स्वरमा रेडियो नेपालमा रेकर्ड भएको थियो । यो नेपालको चर्चित लोक गीत हो । सन् १९७० मा सार्वजनिक भएको यो गीत विदेशीहरुमाझ पनि चर्चित छ ।
गत वर्ष फागुनमा १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पनि चिनियाँ दूतावासले आयोजना गरेको विशेष सांस्कृतिक कार्यक्रममा राजदूत यान्छी नेपाली गीतमा नाचेकी थिइन् । ‘चरी जस्तै उड्न पाए गगनको तलतिर’ बोलको गीतमा उनी साढे तीन मिनेटसम्म नाचेकी थिइन् ।
My colleagues and I kept practicing this Nepali song Resham Felili and finally we’ve made it! May this song bring all of you good luck and happiness!🙏 मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं। यसले सबैलाई शौभाग्य र खुशी ल्याओस!