दशैंकै दिन चि’र्पटले हानेर श्रीमतीको ह’त्या

shreemati ko hatya

म्याग्दी, १० कार्त्तिक। म्याग्दीको मालिका गाउँपालिका–२ रुम खबाङमा एक व्यक्तिले चि’र्पट प्र’हार ग’रेर श्रीमतीको ह’त्या गरेका छन्। घरायसी बिषयमा उत्पन्न विवादमा ४२ वर्षीय ओमबहादुर दमाईले चि’र्पट प्र’हार गर्दा ४४ वर्षीया रिमा दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

पत्नीको ह’त्यामा संलग्न ओमबहादुरलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले प’क्राउ गरेको छ। प्रहरी सहायक निरीक्षक बलराम पौडेलको नेतृत्वमा गएको टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक किरणजंङ्ग कुँवरले जानकारी दिए।

शव परीक्षणका लागि बेनी अस्पताल लगिएको छ। राति सँ’गै सुते’को बेला घरायसी वि’वादमा भना’भन हुँदा म’दिरा से’वन गरेका ओमबहादुरले श्रीमतीलाई दाउराको चि’र्पट प्र’हार गरेका स्थानीयले बताएका छन्।

स्थानीयवासीले खबर गरेपछि इलाका प्रहरी कार्यालय दरवाङबाट राति नै प्रहरी टोली घटनास्थल पुगेको थियो। ओमबहादुरलाई जिल्ला प्रहरी कार्यालयको हि’रासतमा राखिएको छ।

प्रहरीका अनुसार म्याग्दीमा हुने अ’परा’धको मुख्य कारण म’दिरा से’वन देखिएको छ। आर्थिक वर्ष २०७६र७७ मा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका कुल १५७ वटा मु’द्दामध्ये ४२ वटाको कारण म’दिरा से’वन देखिएको प्रनाउ कुँवरले जानकारी दिए।

प्रहरी कार्यालयमा दर्ता भएका मु’द्दामध्ये २७ प्रतिशत म’दिरा र बाँकी अन्य कारणबाट भएको प्रहरीको तथ्याङ्क छ। रासस

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्