गुल्मी, ११ कार्त्तिक। गुल्मीमा जुवा खेलिरहेको अवस्थामा वडाध्यक्षसहित १२ जना पक्राउ परेका छन्। मंगलबार रेसुङ्गा नगरपालिकाबाट जुवाको खालबाट वडाध्यक्षसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । वडाध्यक्ष पाण्डे युवा संघ गुल्मीका संयोजक पनि हुन्।
प्रहरीले उनीहरुलाई होटल एभरग्रीनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजकुमार रावलले बताए। जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीले छापा हानेको थियो। सोमबार राति विशेष सूचनाका आधारमा होटलमा छापा मार्दा ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुबाट ७० हजार रुपैयाँ पनि बरामद गरेको छ। थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ।