दाङमा ४५ वर्षीय कुमार विक खुट्टा छि’निएको अवस्थामा फेला !

Attack

दाङ, ११ कार्त्तिक। दाङको तुलसीपुर उपमहानगरपालिका-११ नवलपुर निवासी ४५ वर्षीय कुमार विक बा’याँ खुट्टा छि’निएको अवस्थामा फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोमबार राति १० बजेतिर तुलसीपुर–१२ गोलौरीमा अज्ञात व्यक्तिहरुको आ’क्रम’णबाट विक बायाँ खु’ट्टा छि’नि’एका अवस्थामा फेला परेका हुन् ।

खुट्टा छि’नि’एको र दुवै हातमा गम्भीर चो’ट लागेपछि उनलाई सोमबार राति नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको थियो । प्रनाउ सिंहका अनुसार अत्यधिक रक्तस्रा’ब भएकाले कोहलपुरबाट पनि काठमाडौँ लैजाने तयारी भएको छ ।

उनी गोलौरीमा भान्जाको विहे खान गएको र त्यहाँबाट घर फर्किने क्रममा पढ्ढा र गोलौरी बीचको एकान्तस्थलमा अपरिचित समूहले सांघातिक आक्र’मण गरेको हुन सक्ने प्रहरीको भनाइ छ । आक्र’मण गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन । खोजी कार्य भने जारी रहेको प्रनाउ सिंहले बताए । रासस

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्