सिराहा, ११ कत्तिक । सिरहामा एकै परिवारका दुई बालकको शव मृतावस्थामा फेला परेको छ । मृत्यु हुनेहारुमा नरहा गाउँपालिका–३ खोरियाका गुलजार शेखका छोरा १० वर्षीय अनजार र ८ वर्षीय यहसान रहेको प्रहरीले जनाएको छ ।
उनिहरुको शव सोमबार बेलुका गाउँदेखि करिव ७ सय मिटर पश्चिमतर्फ पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । घरबाट दिउँसो ३ बजेदेखि हराइरहेका उनीहरुको खोजतलास गर्ने क्रममा शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैले जानकारी दिएको छ ।
प्रहरीका अनुसा उनीहरु माछामार्ने वा नुहाउन पाखरीमा पसेको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे अ’नुन्स’धान भइरहेको जनाइएको छ । वडाध्यक्ष अनिसुल अन्सारीले गाउँमा बच्चाहरु हराइरहेको हल्ला चलेपछि खोज्दै जाने क्रममा बेलुकी ७ बजेको आसपासमा गाउँलेले नै पोखरीमा तैरिरहेको अवस्थामा देखेको बताए ।
दुवै शव पोष्टमार्टमको लागि लहान स्थित रामकुमार उपाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।