काठमाडौं, ११ कार्तिक। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या भयाभह बनिरहेका बेला सरकारले उपचारबाट हात झिकेसँग कोरोना महामारी झनै डरलाग्दोगरी बढीरहेको छ ।
आफ्ना नागरिकको उपचारको ग्यारेण्टी गर्न नसक्ने सरकारको चर्को आलोचना भइरहेका बेला दशैँको दिनमा मात्रै कोरोनाबाट १५ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा मृत्यु हुनेको संख्या आठ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा एक लाख ५९ हजार आठ सय ३० जनामा कोरोना पुष्टि भइसकेको छ भने एक लाख १५ हजार ६ सय ७५ जनाले कोरोना जितेका छन् । हाल देशभर ४४ हजार एक सय ५५ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।