काठमाडौं, ११ कार्तिक। लोकप्रिय हाँस्य अभिनेता मनोज गजुरेललाई कोरोना संक्रमणको पुष्टि भएको छ । सोमबार आएको रिर्पोट अनुसार उनलाई संक्रमणको पुष्टि भएको भन्दै उनले सामाजिक संजाल मार्फत जानकारी गराएका छन्।
फेसबुकमा सोमबार स्टाटस लेख्दै अभिनेता गजुरेलले भने :- बिहिवारदेखि नै आइसाेलेसनमा छु । बाबु नानिलाई कुनै सिम्टम्स छैन ,दाजु र मलाई पाेजेटिभ देखिएकाेले सेल्फ आइसाेलेसनकाे कडा पालना सहित घरेलु उपचारमा छाैँ।’
‘मलाई अहिले गार्हो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।’ उनले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत हुन समेत आग्रह गरे ।