खोटाङमा जीप दुर्घटना, ३ जनाको मृत्यु

जीप दुर्घटना

खोटाङ, ११ कात्तिक । खोटाङमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । खोटाङको बराहापोखरी गाउँपालिका–५, सोह्रखानीमा भएको दुर्घटनामा चारजना घाइते छन् । मंगलबार उदयपुर र खोटाङको सिमानामा पर्ने बराहापोखरी गाउँपालिकाको बङ्सिलाघाटमा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बराहापोखरी गाउँपालिका–६ का दक्षुमान राई, बराहापोखरीकै विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिकाकी बृहस्पति राई छन् ।

उदयपुरबाट चिसापानी आउँदै गरेको को१ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्