फ्रान्समा उत्पादन गरिएका सामान बहिष्कार गर्न टर्कीका राष्ट्रपतिको आह्वान

Tayyip_Erdoğan

टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनदले कट्टरपन्थी इस्लामविरुद्ध फ्रान्सले लिएको कठोर अडानको विरोध गर्दै टर्कीका मानिसलाई फ्रान्सेली उत्पादन नकिन्न अपील गरेका छन् ।

टर्की र फ्रान्सबीचको विवाद बढेसंगै टर्कीका राष्ट्रपतिले फ्रान्स इस्लाम विरोधी रहेको भन्दै फ्रान्सबाट उत्पादित सामान खरिद नगर्न सबैलाई आग्रह गरेका हुन् । टीभीमा सम्बोधन गर्दै उनले भने, ‘फ्रान्समा मुसलमानहरूमाथि दमन गरिएमा संसारका नेताहरू मुसलमानहरूको सुरक्षाका लागि अघि बढ्नुपर्छ ।’

केहिदिन अघि फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले कट्टरवादी इस्लामको विरोधमा धर्मनिरपेक्षतालाई सुरक्षा गर्ने भनेर बयान दिएका थिए । सोहि बायान पश्चात एर्दोआनले म्याक्रोंको कठोर आलोचना गरेका हुन् ।

फ्रान्समा एक विद्यालयका शिक्षकले पैगम्बर मोहम्मदको कार्टून देखाएकाले उनको घाँ’टी काटेर ह’त्या गरिएपछि इस्लामका विषयमा वि’वाद भएको छ । स्यामुएल प्याटी नामक ती शिक्षकलाई अक्टोबर १६ मा अब्दुल्लाह अन्जोरोफ नामक किशोरले टा’उको का’टेर ह’त्या गरेका थिए ।

इस्लाममा पैगम्बरको तस्वीर बनाउन पूरै प्रतिबन्ध छ । तर फ्रान्स धर्मनिरपेक्ष मुलुक हो र उसको राष्ट्रिय पहिचान नै त्यसमा अडिएको छ । कुनै एक धर्मको भावनालाई ध्यान दिँदा अभिव्यक्ति स्वतन्त्रताको हनन हुने र राष्ट्रिय एकता कमजोर हुने फ्रान्स सरकारको तर्क छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्