रुपन्देही, १२ कत्तिक । रुपन्देहीको दानव नदीमा दुर्गा भगवतीको मूर्ति विर्सजन गएका एक बालक बेपत्ता भएका छन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिका– ६ महदेवा निवासी अन्दाजी १६ वर्षीय मुकेश चौधरी मंगलबार दिउँसो दुई बजे नुहाउने क्रममा बेपत्ता भएका हुन् । दुर्गाको मूर्ति विसर्जनका क्रममा उनी अन्य सहभागीसँगै नुहाउनका लागि नदीमा पसेका थिए ।
दानव नदीमा डुंगा र गोताखोर मार्फत जाल प्रयोग गरी चौधरीको खोजतलास भइरहेको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा खोजी कार्य जारी रहेको सापकोटाले बताए ।
दानव र तिनाउनदीको संगम दुई मुहान घाटमा मर्चवार लिफ्ट सिंचाई योजनाका लागि पानी पम्पिङ्ग गर्ने ठाउँमा निकै गहिराई छ । नदीको गहिराई थाहा नपाएर नुहाउन गएका चौधरी पौडी खेल्न नजान्दा डुबेको प्रहरीको भनाइ छ ।