कैलालीबाट ५ जना जुवाडे पक्राउ

जु'वाता'स

कैलाली, १२ कत्तिक । प्रहरीले कैलालीबाट ५ जना जुवाडेलाई पक्राउ गरेको छ । गौरीगंगा नगरपालिका ६ स्थित एक कुखुरा खोरबाट प्रहरीले मंगलबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा २ गड्डी तास र २ लाख २३ हजार ५०० नगद सहित ५ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरु माथि कारबाही प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्